ज्ञानेन्द्र शाहमा पुरानो झझल्को बाँकी छ : केपी ओली

 फागुन ७, २०७९ आइतबार १४:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमा अलि–अलि पुरानो झझल्को बाँकी रहेको टिप्पणी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेपछि अध्यक्ष ओलीले दुई/चार जना मान्छे देख्यो कि पूर्वराजालाई पुरानो झल्कोले सताउने गरेको टिप्पणी गर्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र आफैँ अलमलमा रहेको उहाँकाे भनाइ छ ।

पूर्वराजाले पार्टीहरूसँग सहकार्यको प्रस्ताव गर्नुभएको सन्दर्भमा प्रतिक्रिया दिँदै ओलीले पूर्वराजा आफैँ राजनीतिमा हिँड्नुभएको बताउनुभयो । दलहरूले केही गरेनन् भन्ने प्रश्न गर्दा दुई सय ४० वर्ष राजतन्त्र हुँदा देशले के पायो भन्ने हेर्नुपर्ने उहाँकाे भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति निकालेर प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न नहुने अभिव्यक्ति दिनुभएको थियो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया