टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच आज बिहीवार दिउँसाे राष्ट्रपति चुनावकाे विषयमा केन्द्रित भएर छलफल भएको हो । सिंहदरबारमा रहेकाे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताउने विषयलगायतका कुनै पनि विषयमा फाइनल नभएको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिकाे उम्मेदवार १३ गते त टुङ्गिहाल्छ नि ! पुरानो गठबन्धन बिउँताउने विषयमा केही पनि फाइनल भएको छैन ।’
यता अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले आफूहरू देशको हित हुने विकल्पमा जाने पनि बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई एकीकृत समाजवादीले पनि तीव्रता दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनुभएको छ । राष्ट्रिय सहमतिका लागि पनि कांग्रेसलाई समेट्नुपर्ने भन्दै उहाँले कांग्रेस नेताहरूलाई राष्ट्रपति दिने वचन दिनुभएको बताइएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्रीले निरन्तरता दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।