ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाैमा चलिरहेकाे केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा आज आइतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल ५३ औँ मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो । दोस्रो हाफको खेल सोमवार बिहान ११ बजेलाई तय गरिएको छ ।
सोमवारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ । दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ । खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।