टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठक पछि सम्वाददाताहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहनु भएका रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गाे लगाउने गरी अगाडि बढाइने बताउनु भयो ।
द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लैजानु सबै राजनीतिक दल तथा सबै पक्षको दायित्व भएको बताउनु भयो । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिनुभयो ।
यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा अवाञ्छित गतिविधि बढेको प्रति राजनीतिक दल सजग हुनुपर्ने समझदारी बनाएको छ । सडकमा संविधान विपरीत कार्यक्रम क्रियाकलाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुने निष्कर्ष निकालेको पनि नेता लेखकले जानकारी दिनुभयो ।
बैठकपछि संयुक्त विज्ञप्ति निकालेर दलहरुले कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै देशकै महत्त्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पुर्याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khem
March 6, 2023, 6:47 a.m.Hamro deshka gaddar netA haru