गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छु : रामचन्द्र पौडेल

 फागुन २५, २०७९ बिहीबार ११:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।

बिहीवार आज राष्ट्रपति चुनावका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले त्यहीअनुसारको व्यवहार हुने बताउनु भयो । उहाँले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु।’ 

पौडेलले राष्ट्रपति चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफैँ सहयोग गरेको बताउनु भयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया