पौडेल र नेम्वाङद्वारा एकअर्काको प्रशंसा

 फागुन २५, २०७९ बिहीबार ११:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको प्रशंसा गरेका हुन् ।

नेम्वाङकै  नेतृत्वमा देशमा संविधान आएको भन्दै पौडेलले भन्नुभयो, ‘उहाँ संविधानसभा अध्यक्ष भएर देशमा संविधान आएको हो, यो व्यवस्था ल्याउन नेम्वाङजीको धेरै ठूलो योगदान छ, त्यो योगदानको हामीले प्रशंसा गर्नुपर्छ’ पौडेलले भन्नुभयो । 

नेम्वाङले पनि पौडेलको प्रशंसा गर्दै जसले जिते पनि लोकतन्त्रले जित्ने बताउनुभयो । जो जिते पनि संविधान, लोकतन्त्र र कानुको शासनको पक्षमा हुने भन्दै उहाँले सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । उहाँले जितको लागि आफूसहित पौडेललाई पनि शुभकामना व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया