टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।
आज बिहीवार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना बेहोर्नुपरेको स्मरण गर्दै अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।’
सांसद झाले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताउनुभयो । ‘पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीबोध भएको छ’, उहाँले भन्नुभयो ।
राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भए पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।