नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - निर्वाचन आयोगले आज राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले हिजो भएको चुनावको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो सोमवार शपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि आइतवार कार्यकाल सकिने भएकाले पौडेलले सोमवार शपथ ग्रहण गरेपछि पद सम्हाल्नु हुनेछ।
नौ दलीय गठबन्धनको साथमा पौडेल हिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत दिएका थिए । यसैबीच, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बिहान पशुपति र गुह्वेश्वरी मन्दिरको दर्शन गर्ने हुनुभएको छ ।
बिहान पौने ९ बजे उहाँ पशुपति जाने कार्यक्रम रहेकाले त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । अहिलेको निवास काठमाण्डौको बोहोराटारदेखि चक्रपथ हुँदै उहाँ पशुपति पुग्नु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।