खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।
क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँले विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयो । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उहाँले बताउनुभयो ।
प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न पाएका छैनन् । हिजो काठमाण्डाैबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इञ्जिनमा आगो लागेको सङ्केत देखिए पछि काठमाण्डौ फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।