आफ्नै वाचा बिर्सेर नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा सडक खाली गराएर पशुपतिनाथको दर्शन

 फागुन २६, २०७९ शुक्रबार १२:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । उहाँ बिहान दर्शन तथा पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गरिएको थियो ।

सडक खाली गर्दै ट्राफिक प्रहरीले रोकेपछि जाममा फसेका नागरिकले असन्तुष्टि जनाएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुग्नुभएको थियो । उहाँले त्यहाँ झण्डै डेढ घण्टा पूजा गर्नुभयो । पशुपतिको दर्शनपछि साढे १० बजेतिर सुन्दरीजल जानुभयो । त्यहाँ उहाँले वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभयो ।

पौडेलको सवारीका लागि बायाँ लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो । राष्ट्रपतिको चुनाव हुँदै गर्दा हिजो उहाँले राष्ट्रपतिमा निर्वाचित भए आफूले नागरिकलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने वाचा गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया