लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे

 फागुन २६, २०७९ शुक्रबार १६:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएकाे छ । 

पीएनजीले दिएकाे २ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयाे । यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ माेरे र आसाद भालाले २/२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायाे । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डाेरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २/२ विकेट लिए ।

लिग–२ मा पीएनजीसँग यूएईकाे याे लगातार चाैथाे हार हाे । याे हारसँगै यूएईले लिग–२ काे शीर्ष तीनमा रहँदै साेझै विश्व कप छनाेट खेल्ने सम्भावना सकिएकाे छ । यूएईकाे साेझै एकदिवसीय मान्यता पाउन पनि बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाकाे छैटाैँ स्थानमा छ । एकदिवसीय मान्यता कायम राख्न तालिकाकाे शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । पीएनजी ३४ खेलमा ११ अङ्कसहित तालिकाकाे पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ । 

कीर्तिपुरमा भइरहेकाे नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला लिग–२ काे अन्तिम शृङ्खला हाे ।

नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि अब नेपालसहित नामिबिया प्रतिस्पर्धामा छन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया