टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुँदैछ ।
सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । चुनावमा सत्ता साझेदार दलका विद्यार्थी सङ्गठनहरुले तालमेल गरेका छन् भने एमाले निकट अनेरास्ववियुले एक्लै प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।