उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध दुई वटा उजुरी

 फागुन २७, २०७९ शनिबार १९:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध दुई वटा उजुरी परेका छन् । यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका हुन् ।

दुवै उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा यादवको उम्मेदवारी संविधान विपरीत भएको जिकिर गर्दै यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम अनुसार आज बेलुकी ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरीको भोलि दिउँसो १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया