भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) मा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा शुक्रवार इण्डियन महाराजलाई हराएको एसिया लायन्सले आफ्नो दोस्रो खेलमा वर्ल्ड जायन्ट्सलाई ३५ रनले हराएको छ ।
जितका लागि एक सय रनको लक्ष्य पाएको वर्ल्ड जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्रै बनायो । उसका क्रिस गेलले सर्वाधिक २३ रन तथा लेन्डल सिमन्सले १४ रन बनाए । दोहामा टस हारेर पहिला ब्याटिङ गरेको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।
एसियाका मिस्बाह उल हक ४४ तथा तिलकरत्ने दिलशान ३२ रनमा अविजित रहे । मैदान भिजेका कारण गएरातिको खेल निर्धारित समयभन्दा झण्डै तीन घण्टापछि सुरु हुँदा १० ओभरमा झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजलाई ९ रनले हराएको थियो ।
त्यस्तै वर्ल्ड जायन्ट्सले महाराजलाई २ रनले हराएको थियो । पारसले पहिलो खेलमा भारतविरुद्ध २ बलमा ३ रन बनाएका थिए । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।