नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विश्वेश्वर (बीपी) कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गर्नुभएको छ । आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो ।
मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूलाई सचेत गराउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘रोजगारी सिर्जना हुन्छ तर नेपालीले त्यसमा काम पाउँदैनन् । आज के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन् ? आजको चुनाैती यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो बीपी कोइरालाले यसको बारेमा केही बोलिदिनुभएको थियो कि, भनिदिनुभएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त बीपीमाथि अन्याय गर्नु हो नि त । त्यो भन्नुभएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने ?’
महामन्त्री थापाले बीपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती आफूहरूले समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।