शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – विश्व च्याम्पियन इङ्ल्यान्डसँगकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्लादेशले क्लीन स्वीप गरेकाे छ । तेस्राे तथा अन्तिम टी–२० क्रिकेटमा इङ्ल्यान्डलाई १६ रनले हराउँदै बङ्लादेशले तीन खेलकाे शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।
बङ्लादेशले दिएकाे १ सय ५९ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रनमात्र बनाउन सक्याे । इङ्ल्यान्डका लागि डविड मालनले ५३ र जस बटलरले ४१ रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले २ तथा तनभिर इस्लाम, शाकिब अल हसन र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए ।
यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनायाे । बङ्लादेशका लागि लिटन दासले ७३ र नजमुल हाेसैन शान्ताेले नटआउट ४७ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका आदिल रशिद र क्रिस जाेर्डनले १/१ विकेट लिए ।
बङ्लादेशले इङ्ल्यान्डलाई पहिलाे खेलमा ६ विकेट र दाेस्राे खेलमा ४ विकेटले हराएकाे थियाे । इङ्ल्यान्ड सन् २०२२ मा भएकाे टी–२० विश्व कपकाे च्याम्पियन हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।