सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भुटानकाे शाही सरकारले राजनीतिक बन्दीहरूकाे सजाय खारेज गर्नुपर्ने र उनीहरूलाई रिहा गर्नुपर्ने बताएकाे छ । अनुचित परीक्षण र यातनापछि दशकौँदेखि जेलमा परेका दर्जनाैँ राजनीतिक बन्दीहरूको सजाय खारेज गर्नुपर्ने र उनीहरूलाई रिहा गर्नुपर्ने ह्युमन राइट्स वाचले बताएकाे हाे ।
भुटानकाे अदालतले राष्ट्रिय सुरक्षा अपराधकाे कारण देखाउँदै पक्राउ परेका शान्तिपूर्ण राजनीतिक र भेदभाव विराेधी कार्यकर्ताहरूलाई दाेषी ठहर गर्दै लामाे सजाय सुनाएकाे छ । जेलमा रहेकाहरूले लामाे सजाय भाेगिरहेका छन् भने केहीलाई आजीवन कारावासकाे सजाय सुनाइएकाे छ । भुटानी कार्यकर्ताहरूले राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकसँग बन्दीहरूलाई माफी दिन अपिल गरेका छन् ।
सन् १९९० को सेप्टेम्बर–अक्टोबर र त्यसपछि, भुटानी सरकारबाट सांस्कृतिक अधिकारको माग गर्दै दक्षिणी भुटानमा धेरै शान्तिपूर्ण प्रदर्शन र आन्दोलनहरू भएका थिए । यस्ता राजनीतिक गतिविधिमा संलग्न भएको कारण धेरै कार्यकर्ता त्यति बेला जेलमा परेका थिए ।
ह्युमन राइट्स वाचकाे दक्षिण एसिया निर्देशक मीनाक्षी गाङ्गुली भुटानी अधिकारीहरूले लामाे समयदेखि जेलमा रहेका कैदीबन्दी र उनीहरूकाे परिवारलाई भएकाे नाेक्सानलाई बुझेर स्थितिकाे तत्काल समाधान गर्नुपर्ने बताउनुहुन्छ ।
भुटानमा राजनीतिक बन्दीकाे कुल सङ्ख्या अज्ञात छ, ह्युमन राइट्स वाचले सन् १९९० देखि २०१० काे बीचमा पहिलाे पटक हिरासतमा लिइएका ३७ जना वर्तमान कैदीबन्दीकाे जानकारी प्राप्त गरेकाे छ । यीमध्ये धेरैजसाे कैदीबन्दीलाई अरू कैदीबन्दीबाट छुट्टै राखिएकाे छ । उनीहरूमध्ये केही शारीरिक वा मानसिक स्वास्थ्यबाट पीडित छन् र उनीहरू आफ्ना परिवारसँगकाे नियमित सम्पर्कबाट वञ्चित छन् ।
सन् १९९० को सुरुवातदेखि आफ्नो पुस्तौनी थातथलो छाड्न बाध्य तुल्याएर लखेटिएका नेपालीभाषी भुटानी (लोत्साम्पा) मध्ये धेरैजसाे झन्डै दुई दशक नेपालमा शरणार्थी जीवन बिताएर अहिले संसारका थुप्रै देशमा पुनर्वासमा गएका छन् । तर तिनकै थुप्रै आफन्तहरू भने भुटानका जेलहरूमा दशकाैँदेखि थुनिएका छन् । ३० जनाभन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।