टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ को विषयमा पार्टीहरूका बीचमा सहमति भइसकेको दाबी गर्नुभएकाे छ ।
आइतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरूका बीचमा सहमति भइसकेको बताउनुभएको हो । उहाँले सत्तारूढ दलहरूका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको बताउनुभयो । प्रतिपक्ष दलहरूको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ । विभिन्न पार्टीहरूको बीचमा सहमति पनि भइसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरूको पनि सहमति छ । प्रतिपक्षी पार्टीहरूको पनि त्यसमा विमति रहेको अवस्था छैन ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने उल्लेख गर्नुभयाे ।
प्रधानमन्त्रीले भाेलि (सोमवार) विश्वासको मत लिँदै हुनु हुन्छ । विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।