स्ववियु चुनावको नतिजा आउने क्रम सुरु

 चैत ६, २०७९ सोमबार ७:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर : रासस

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ ।

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित हुनुभएको छ ।

थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसङ्घका नवीन श्रेष्ठ विजयी हुनुभएको छ ।

काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी हुनु भएको छ । 

काठमाण्डौको पिपुल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी र नर्सिङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा पनि अनेरास्ववियुकै प्रशंसा पौडेल विजयी हुनुभएको छ ।

विराटनगरकाे स्नातकोत्तर क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल विजयी हुनुभएकाे छ । 

हिजो त्रिभुवन विश्वविद्यालयका २१२ वटा क्याम्पसमा स्ववियु चुनाव भएको हो । १४ वर्षपछि भएको चुनावमा ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेका त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस र  कोटेश्वर बहुमुखी क्याम्पसमा हिजो चुनाव हुन सकेन ।

त्यसैगरी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मतदान स्थगित भएको छ ।

बाजुरा क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ । यसअघि नै स्थगित गरिएका १६ वटा क्याम्पसमा आउँदो ८ गते चुनाव हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया