गठबन्धनकाे नेतृत्वमा अबकाे सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

 चैत १०, २०७९ शुक्रबार १६:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ ।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक एवम् प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउनमात्र नभई नागरिकका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

विगतमा दुई तिहाइको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उहाँले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको जिकिर गर्नुभयाे ।

अध्यक्ष नेपालले देशमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आउँदाे पालिका चुनावलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया