टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन जना र जनमत पार्टीका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन र जनमत पार्टीका जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री हुनुहुन्थ्यो । यस्तै जनमत पार्टीका सीके गुप्ता मन्त्री हुनुहुन्थ्यो ।
माओवादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेश सभा सदस्य रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।