टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुनजस्तो भएको टिप्पणी गर्नुभएकाे छ ।
आइतवार काठमाण्डाैमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद हुँदा मन्त्री बनेपछि ठूल्ठूला काममात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताउनुभयो । उहाँले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह श्राद्धको बाहुनजस्तो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । सांसद हुँदाखेरि म धेरै सानो–सानो काममा हिँड्थेँ । मान्छेहरूले बसको टिकट नभएकाे समस्यामा समेत पुग्थेँ । मलाई लाग्थ्याे मन्त्री भएँ भने फुर्सद हुन्छ, ठूलो काम थोरै हुन्छ जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्र श्राद्धको बाहुनजस्तो भएँ । हतार–हतार सिधा उठाएर हिँडिहाल्नुपर्ने ।’
मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताउनुभयो । उहाँले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।