सङ्घीय सरकारले समन्वय गर्नै नचाहेपछि सिंहदरबारको फोहर नउठाएको हो : बालेन्द्र शाह

 चैत २७, २०७९ सोमबार ७:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पालिका सरकारले पटक पटक पहल गर्दा पनि सङ्घीय सरकारले समन्वय गर्नै नचाहेका कारण बाध्य भएर सिंहदरबारको फोहर रोक्नुपरेको बताउनुभएको छ ।

सिंहदरबारको फोहर नउठाएपछि भइरहेको चर्चाको फेसबुकमार्फत् जवाफ दिँदै उहाँले विभिन्न विषयमा सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गर्नुभएको छ ।

स्थानीय समस्याहरु पालिकामा नै समाधान हुन सकून् । सङ्घीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भनेर गरिएका प्रयास असफल भएपछि दबाबका लागि फोहर रोक्नु बाध्यता रहेको उहाँको भनाइ छ। मेयर शाहले सिंहदबारबाट पाँच सय मिटरको दूरीमा रहेको महानगरपालिकाको कार्यालयले पटक पटक पहल गर्दा त समन्वय नगर्ने सङ्घीय सरकारले अरु पालिकालाई कस्तो व्यवहार गरेको होला भने प्रश्न पनि गर्नुभएको छ ।

अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयका शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने, सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, विमानस्थलको नक्सा पास, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा लगायतका थुप्रै विषय समाधानका लागि महानगरपालिकाले पटक पटक सङ्घीय सरकारसँग गरेको पहलको विवरण राख्दै मेयर शाहले ती काममा सिंहदरबारले बेवास्ता गरेको बताउनुभएको छ ।  

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया