टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिनुभएको छ ।
मङ्गलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमवार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गर्नुभयो । गरिब र निमुखा ती मानिसमाथि किन आक्रमण गर्नुपरेको भनी सरकारलाई उहाँले प्रश्नसमेत गर्नुभयो ।
अध्यक्ष लिङ्देनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितलाई सरकारले हिजो निर्मम ढङ्गले आक्रमण गरेको घटनाकाे म निन्दा र भत्सर्ना गर्न चाहन्छु । समाजमा गरिबको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँढेको पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर उसकाे नेतृत्वकाे सरकारले बर्बर आक्रमण किन गरिरहेकाे छ ? उनीहरूकाे माग सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक सङ्घर्षमा जाने घोषणासमेत गर्न चाहन्छु ।’
अध्यक्ष लिङ्दनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।