सङ्घीय ऐनकाे प्राथमिकता ताेकेर छिटाे भन्दा छिटाे ल्याउँछाैँ : उपप्रधानमन्त्री खड्का

 वैशाख ६, २०८० बुधबार १८:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – उपप्रधान, रक्षा एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐनहरूको प्राथमिकता तोकेर छिटो भन्दा छिटो ल्याउने बताउनुभएको छ । 

बुधवार मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै उहाँले ऐनहरूकाे प्राथमिकता तोकेर अगाडि बढाउने बताउनुभएको हो । मन्त्री खड्काले कतिपय सङ्घीय ऐनहरू संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ती सबै ऐनहरूको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताउनुभयाे । 

मन्त्री खड्काले कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढङ्गले गर्ने बताउनुभयो । ऐनहरू निर्माण गरेर नागरिकका अधिकारहरूको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय संसदमा पुगेर पनि रोकिएका सङ्घीय ऐनहरू छन् । कतिपय नयाँ ऐनहरूको निर्माण गर्नुपर्ने काम छ । ती सबै कुराहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्न मन्त्रालयले भूमिका खेल्छ । ऐनहरू निर्माण गरेर त्यहीमार्फत नागरिकका अधिकारहरूको कार्यान्वयन हुने भएकाले त्यसतर्फ हाम्रो गम्भीर ध्यान जानेछ ।’

मन्त्री खड्काले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया