चिट चोर्न नदिएको भन्दै बाराको रामराजा क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र कुटपिट

 वैशाख ७, २०८० बिहीबार १३:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

बारा – परीक्षामा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा आज बुधवार बिहान तोडफोड गरेका छन् ।

स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहान साढे १० बजे वीरगञ्जकाे हरिखेतान र ठाकुर राम क्याम्पसका विद्यार्थीले तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ । साथै विद्यार्थीले कुटपिट गर्दा क्याम्पस प्रमुख हरिभुषण कुश्वाहा र सुभाष तिमिल्सिना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कुटपिट र तोडफोडमा संलग्न तीन जना विद्यार्थी पक्राउ परेका छन् ।

विद्यार्थीले कुर्सी, बेन्च, मोटरसाइकलमा तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया