सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
खाेटाङ - डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेकाे रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ ।
सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताउनुभयो ।
साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानीको पाइप जलेको हो ।
भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर पाइप डढेलोले जलेको हो । प्यालाभिरदेखि मुहानसम्मको खण्डको कतिपय पाइप जलेर टुक्रा–टुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको अध्यक्ष राईले बताउनुभयो ।
वैशाख ६ गतेदेखि सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घरहरु भने जोगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।