रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । खेल कीर्तिपुर र मूलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
कीर्तिपुरमा समूह ‘ए’ का कतार र साउदी अरेबियाबीच खेल हुँदैछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेबिया मलेसियासँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै, मूलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र कुवेतबीच खेल हुनेछ ।
बहराइनले पहिलो खेलमा सिङ्गापुरलाई हराएको थियो । पहिलो खेलमा कुवेत यूएईसँग हारेको थियो । हिजो भएको खेलमा नेपालले ओमान तथा हङकङले यूएईलाई हराएको थियो । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ ।
फाइनलमा विजयी हुने टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।