भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ का दुई वटा केन्द्रमा रोकिएको मतदान पुनः सुरु छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको नयाँकिरण कमल कुसुम मावि केन्द्र र भरतपुरकै वडा नम्बर ७ मा रहेको कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको हो ।
नयाँकिरण मावि केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि तनाव सिर्जना भएर मतदान रोकिएको हो । कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।