६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ औद्योगिक काेरिडोरलगायतका क्षेत्रमा देखिएको बिजुली आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ ।
विनाजानकारी उद्योगहरूको बिजुली आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाई आग्रह गर्नुभयो ।
यस वर्ष हिउँ/पानी नपरेर सुक्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादनमा झन्डै ३० प्रतिशत कमी आएको, धनुषाको ढक्केबर सबस्टेशनबाट थप बिजुली पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेशनको ब्रेकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको बिजुली उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता झन्डै दुई सय मेगावाट भए पनि हिउँ/पानी नपर्दा अहिले झन्डै ३० मेगावाटमात्र बिजुली उत्पादन भई काबेली काेरिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर एक/दुई दिनदेखि ती आयोजनाहरूबाट बिजुली उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित बिजुली आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
‘सुनसरी, मोरङ ओद्योगिक काेरिडोरका उद्योगहरूमा बिजुली काटेका छैनौँ, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौँ । काबेली काेरिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई बिजुली आपूर्ति दिन सुरु गरिसकेका छौँ, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उहाँले भन्नुभयाे, ‘अब १०/१५ दिनमा प्रि–मनसुन सुरु हुने अनुमान गरिएको छ र त्यसपछि खोलानालामा पानीको बहाव बढेसँगै बिजुली उत्पादन वृद्धि हुन्छ । त्यसपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको बिजुली जेठको पहिलो हप्तादेखि भारतमा निर्यात सुरु गर्छाैँ । यस वर्ष झन्डै एक हजार दुई सय मेगावाट बिजुलि निर्यात हुने अनुमान गरेका छौँ, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौँ ।’
अहिले प्रणालीमा बिजुलीकाे उच्चतम माग एक हजार सात सय ५० मेगावाट पुगेको छ । औसत माग एक हजार तीन सय मेगावाट र आधार माग एक हजार दुई सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्यधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र बिजुली माग ८० मेगावाट पुगेको छ ।
प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले बिजुली माग धान्न नसकेपछि दैनिक रूपमा औसतमा पाँच सय मेगावाट आयात गरिएको छ ।
गएकाे वर्षभन्दा यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे पनि पानी/हिउँ नपर्दा देशभित्रको बिजुली उत्पादनमा झन्डै ३० प्रतिशत कमी आएको छ । प्राधिकरणका विद्युत् गृहहरूबाहेक निजी क्षेत्रका जलविद्युत् गृहको बिजुली उत्पादन जडित क्षमताको झन्डै १४ प्रतिशतमात्र रहेको प्राधिकरणको अनुमान छ ।
कार्यकारी निर्देशक घिसिङले आउँदाे वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम बिजुली प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।