बेङ्गलाेरले राजस्थानलाई ७ रनले हरायाे

 वैशाख १०, २०८० आइतबार १९:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले राजस्थान राेयल्सलाई हराएकाे छ । 

आज बेङ्गलुरुमा भएकाे खेलमा घरेलु टाेलीले राजस्थानलाई सात रनले हरायाे । बेङ्गलाेरले दिएकाे एक सय ९० रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८२ रनमात्र बनाउन सक्याे । राजस्थानका देवदत्त पड्डिकलले ५२, यशस्वी जैसवालले ४७ र ध्रुव जुरेलले नटआउट ३४ रन बनाए । बेङ्गलाेरका हर्षल पटेलले तीन विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेकाे बेङ्गलाेरले २० ओभरमा नाै विकेट गुमाएर एक सय ८९ रन बनायाे । बेङ्गलाेरका ग्लेन म्याक्सवेलले ७७ र फाफ डु प्लेसिसले ६२ रन बनाए । राजस्थानका ट्रेन्ट बाेल्ट र सन्दीप शर्माले दुई/दुई विकेट लिए ।

याे जितसँगै बेङ्गलाेर सात खेलमा आठ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । राजस्थान उति नै खेलमा नेट रनरेटकाे आठ अङ्कसहित पहिलाे स्थानमै यथावत् छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया