सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै - कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिइ सदर चिडियाखाना, जावलाखेलमा राखिएको छ ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । गएको ८ गते शुक्रवार कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणपछि उहाँको ज्यान गएको थियो ।
चन्दको शव अस्ति शनिवार बिहान भेटिएको थियो । उहाँसँगै घाँस काट्न गएका अरु महिलाले भने भागेर ज्यान जोगाएका थिए । हात्तीसहित खटिएको डिभिजन वन कार्यालय कञ्चनपुरको टोली, निकुञ्ज कार्यालय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत प्राविधिकसहितको टोलीले डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको थियो । हिजो बेलुका सदर चिडियाखाना जावलाखेल ल्याइएको यो पोथी बाघको नाम महारानी राखिएको छ ।
बाघलाई चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले मानवीय क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताउनुभयो । चिडिायाखानामा योसहित बाघको सङ्ख्या ५ पुगेको छ । यसमध्ये ४ वटा भाले बाघ रहेका उहाँले बताउनुभयो ।
हिजो ल्याइएको पोथी बाघलाई चिडियाखानमा रहेको महाराज नामक भाले बाघसँगै राखिने छ । महाराजसँगै राख्ने भएकाले यो पोथी बाघको नाम महारानी राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।