गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

 वैशाख १२, २०८० मंगलबार १३:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आज मङ्गलवार दलहरूलाई आह्वान गर्नुभएकाे हाे । 

नयाँ सरकार गठनका लागि दलहरूले वैशाख १४ गते बिहीवार दिउँसाे ४ बजेसम्म जानकारी गराइसक्नुपर्ने प्रदेशका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएकाे हाे ।

गएकाे शनिवार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाउन नसकेपछि प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएकाे हाे ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया