राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार : सामान्य हिँडडुल गर्न थाल्नुभयो

 वैशाख १३, २०८० बुधबार ११:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपचारका क्रममा रोग प्रतिरोधात्मक  क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग  सम्बन्धित थप परीक्षण भैरहेको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा गएको बुधबारदेखि उहाँको उपचार भैरहेको छ ।

छाती र पेटमा समस्या देखिएपछि उहाँलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गएको चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । चैत २२ गते डिस्चार्ज हुनुभएका राष्ट्रपति पौडेललाई सोमबार पुनः शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भारत लगिएको हो ।
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया