टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले यस्तो बताएको हो । सञ्चारकर्मीसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढिरहेको भन्दै अवाञ्छित गतिविधिमा प्रधानमन्त्री स्वयम् संरक्षक बनेको जिकिर गर्नुभयाे । उहाँले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मूकदर्शक बनेको बताउनुभयो । उहाँले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैँ मनोमानी बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो अध्यक्ष कमरेड केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कार्यक्रममा सहभागी हुन जानुभएको थियो । झापा पुग्दा उहाँहरूमाथि ढुङ्गामुढाको प्रयास भयो । प्रशासन मूकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन । सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ता रहेको थाहा पाएपछि हामीलाई गम्भीर बनायो । इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मूकदर्शक बन्यो । तेह्रथुममा जाँदा पनि देउडी भन्ने ठाउँमा कालोझण्डा देखाइयो । यसमा कुनै चिन्ता छैन तर ठूलो दल र शीर्ष नेतालाई अवरोह सिर्जना गर्ने र एमालेको राम्रो पकड भएको ठाउँमा एमाले नेतामाथि आक्रमण गर्ने र राज्यबाट संरक्षित हुने कामलाई गम्भीर बनाएको छ । एउटा नेताको विपक्षमा केही मानिसलाई मन नपरेर उठाइएको विषय नभएर कसरी आतङ्क सिर्जना गर्न सकिन्छ, अस्थिरता कसरी सिर्जना गर्न सकिन्छ, कसरी अस्थिरतामा खेल्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौँ ।’
उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।