दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बु

 वैशाख २१, २०८० बिहीबार १६:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताउनुभएको छ । 

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बुले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले मन्त्रालयमा रहेर आफूले दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा प्रयास गर्नेछु । अहिलेसम्म अभाव छ, खेलाडी र पदाधिकारीले पनि अभाव महसुस गर्नुभएको छ । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु । हरेक कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’

खेलकुदमन्त्री लिम्बुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया