कांग्रेस नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त, आजै शपथ

 वैशाख २४, २०८० आइतबार १०:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कठमाण्डौ – नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई बिहान मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उहाँले दिउँसो साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गर्दै हुनुहुन्छ ।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी भए पनि निश्चित भइनसकेको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो । 

नवनियुक्त मन्त्री आचार्य गएको मंसिर ४ गते भएको चुनावमा कपिलवस्तु–२ बाट विजयी हुनु भएको थियो ।

यसअघि बुधबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया