टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे सत्तारूढ दलहरूसँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार सिंहदरबारमा सत्तारूढ दलमा आबद्ध नेताहरूलाई बोलाएर सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनुभएको हो । सरकारले यही जेठ ५ गते आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा नेताहरूले कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सृजना गर्ने, प्रतिभा पलायन र युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको जानकारी दिनुभयाे । समय अभावका कारण केही दलका नेताहरूले सुझाव दिन नभ्याए भोलि बुधवारसम्ममा लिखितरूपमा सुझाव पठाउन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको उहाँले बताउनुभयाे ।
राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएकाे बताउनुभयो । उहाँले आफूहरूले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सत्तारूढ दलमा आबद्ध नेताहरू सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।