सर्वोच्चको फैसला स्वीकार गर्ने रेशम चौधरीको भनाइ, अनर्गल प्रचार नगर्न आग्रह

 जेठ ३, २०८० बुधबार १४:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् ।

जिल्ला र पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि संयमित प्रतिक्रिया दिँदै चौधरीले फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका हुन् । चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

चौधरीले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको पनि उल्लेख गरेका छन् । सम्मानित अदालतलाई सम्मान गर्ने भन्दै चौधरीले फैसलामाथि अनर्गल टिप्पणी नगर्न आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् । चौधरीले चाँडै 'धरातल' नामक पुस्तक सार्वजनिक गर्नेसमेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया