टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारकाे आउँदाे आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा देशकाे समस्या समाधानको कुनै प्रस्ताव नभएको बताउनुभएको छ ।
शुक्रवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कुनै जोस, जाँगर र सपना नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई कार्ययोजना छैन । यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोस छैन, जाँगर छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।