५ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पायाे, एक मन्त्री र एक राज्यमन्त्री थपिए

 जेठ ९, २०८० मंगलबार १४:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले बल्ल पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

गएको पुस १० गते नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले  एमाले सरकारमा रहुन्जेल सरकारलाई पूर्णता दिन सक्नुभएको थिएन भने एमाले सरकारबाट बाहिरिएर कांग्रेस सहभागी भएपछि पनि सरकारले पूर्णता पाएको थिएन ।

आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण हुँदैछ । योसँगै सरकारमा मन्त्रीको सङ्ख्या २५ जना पुगेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया