टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट पार्टीमाथि आक्रमण हुँदा पनि जाेगाएर अघि बढाउन सकिएको दाबी गर्नुभएकाे छ ।
मङ्गलवार ललितपुरको च्यासलमा रहेकाे पार्टी कार्यालयमा आयोजित एमाले जनसङ्गठनहरूको पदाधिकारी भेलामा अध्यक्ष ओलीले पार्टी चल्न नदिने, पार्टी नेतृत्वप्रति अनास्था जगाउने घटना विगत दुई वर्षमा भएको उल्लेख गर्दै अहिले पार्टीलाई सशक्त ढङ्गले पुनर्जीवित गर्न सकिएको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘हामीलाई सिध्याउने खालको हमला दशै दिशाबाट भएको छ । तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला गरिएको छ । हुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । जिउँदै खाएर सिध्याउन खोजेको छ । त्यो विचित्रको स्थिति हामीले बेहाेर्नुपर्याे । त्यो स्थिति बेहाेरेर, त्यस प्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छाैँ । अझ सशक्त ढङ्गले पार्टीलाई पुनर्जीवित गरेका छौं ।’
अध्यक्ष ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नुभयाे । उहाँले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनुभयो ।उहाँले देशको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठेराे अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सतर्क भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।