कालीखोलामा पहिराे गएपछि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

 असार २३, २०८० शनिबार १६:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

दिउँसो चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ । 

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो । 

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया