आज राति पश्चिमी न्यून चापीय प्रणाली भित्रिँदै, सुदूरपश्चिम र क...
माघ २, २०८१ बुधबार
काठमाण्डाै - हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिप गाउँमा बाढीपहिरोको जोखिम बढेपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयसँगै सुरक्षाकर्मीको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
गएरातिबाट परेको अविरल वर्षाका कारण स्थानीय खोलामा पानीको बहाव बढेपछि बाढीको जोखिम बढ्दै गएको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले बताउनुभयो । अहिले भने वर्षा हुन छोडेपछि पानीको बहाव पनि घट्न थालेको उहाँले बताउनुभयो ।
यसैबीच, सर्केगाडका तीन वटा बस्तीको माथिल्लो भागबाट पहिरो जान शुरु भइसकेकाले जोखिममा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण गर्नुपर्ने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । उहाँले बाढीले खेतीयोग्य जमिन बगाएकाले क्षतिपूर्ति र राहत सामग्रीको पनि आवश्यकता रहेको बताउनुभयो ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख भीमप्रसाद ढकालले झण्डै २ सय १० घरधुरीका ७ सय जना बाढीपहिरोको उच्च जोखिममा रहेको भन्दै जोखिममा परेका नागरिकको उद्धारसँगै स्थानान्तरण गर्न सुरक्षाको टोलीलाई निर्देशन दिइसकेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।