पहिराेका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

 साउन ३२, २०८० बिहीबार ११:१४:५० | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

बाग्लुङ - पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । 

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतकाे बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेकाे हो ।

बुधवार हिजाे बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयाे । 

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटाेमै राेकिएका छन् ।

यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएकाे छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया