टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित

 भदौ २५, २०८० सोमबार ११:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएका छन् ।

भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोल–टोलमा आयोजना गरिएको घुम्ती शिविरबाट २ सय ४३ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, २ सय ९० जनाको स्वास्थ्य जाँच एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् । सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यकासाथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको बाँझेच्यानाडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । 

टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलन सम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् । नागरिकको आवश्यकतालाई पहिचान गरी अन्य सेवाहरु पनि क्रमिक रुपमा टोलटोलबाटै प्रदान गरिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया