चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
म्याग्दी – उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमालहरु देखिने । पूर्वतर्फबाट सूर्योदयको रोमाञ्चक दृश्य देख्न पाइने ।
पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यतालाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ ।
हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न सकिने बेलढुङ्गाको बारेमा बयान गरिसाध्य छैन । हिमाललाई नजिकबाट हेर्न, पुस र माघमा हिउँ खेल्न तथा लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुने गर्छन् ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जामा रहेकाे ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा हिजोआज स्वदेशी पर्यटकहरु भ्रमण गर्ने गन्तव्य बनेको छ ।
बेलढुङ्गाको भ्रमणका लागि यहाँ पुग्ने पर्यटकहरुले फरक अनुभूति गर्छन् । पछिल्लो समय बेलढुङ्गा स्वदेशी पर्यटकको रोजाइमा परेको छ । म्याग्दीको भकिम्ली र बाग्लुङको धम्जामा कार्यक्रम लिएर जानेहरु पनि एकपटक बेलढुङ्गा पुगेर फर्कन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।