नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाण्डाैको सुन्धारामा रहेको काठमाण्डाै भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।
७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । हिजो दिउँसो उहाँलाई केही असहज महसुस भएपछि बेलुकी अस्पताल लगिएको थियो ।
गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । उहाँका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘.’, ‘नेपाल मेरो उपहार भो‘’ लगायतका गीतहरू लोकप्रिय छन् ।
त्यस्तै, नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान‘’, ‘जिमि यःम्ह थौं जिथाय् वइ‘.’ आदि अत्यन्त लोकप्रिय छन् । उहाँको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने उहाँका परिवारले जानकारी दिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।