प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - कोशी प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गरेको छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति बनाएको हो ।
जबेगु एकीकृत समाजवादीका र उप्रेती माओवादीका नेता हुनुहुन्छ । कोशीमा कांग्रेस नेतृत्वको सरकार रहे पनि वार्ता टोलीमा कांग्रेसका कुनै पनि सदस्य छैनन् । गएको फागुन १७ गते कोशी प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरूद्ध आन्दोलन शुरु भएको थियो ।
कोशी नामकरणको पक्षमा एमाले, कांग्रेस, माओवादीलगायतका दलले मतदान गरेका थिए तर पछि माओवादीले भने पहिचानकै आधारमा नामाङ्कन हुनुपर्ने भन्दै आफूले गरेको निर्णयबाट पछि हटेको थियो । अहिले ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ आन्दोलनमा छ ।
समितिले बन्द हड्ताल गर्ने, नेताहरूलाई अवरोध गर्नेलगायतका गतिविधि गर्दै आएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भएयता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।