झापामा हात्तीले दिनहुँ घर भत्काउन थालेपछि स्थानीय मर्कामा, साउनयता ६१ वटा घरगोठ भत्कायो

 माघ ६, २०८० शनिबार १८:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

झापा - झापामा दिनहुँजसो बस्तीमा हात्तीको हुल छिरेर घर टहरा भत्काउन थालेपछि स्थानीय समस्यामा परेका छन् ।

झापाको कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँमा हात्तीले दिनहुँजसो घर भत्काउन थालेका हुन्। घर भत्किएपछि चिसोमा रात कटाउन बाध्य स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा परेका छन् ।

हात्तीले कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकैदिन भण्डारण गरेको अन्नसमेत खाएको छ । घर भत्काएपछि माघको जाडोमा रात कटाउन कठिन भएको पीडितको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा हात्तीले ५९  वटा घर र दुई वटा गोठ भत्काएको छ । यो अवधिमा जङ्गली जनावरबाट ४८ लाख ५० हजार छ सय ४० रुपैयाँको क्षति भएको छ । हात्तीले घर भत्काएमा सरकारले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया